शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री

आइतबार, १९ चैत २०७९, १४ : २६
आइतबार, १९ चैत २०७९

मुम्बई । बलिउड कलाकार शाहरुख खानका फ्यान अहिले फिल्म ‘जवान’ को प्रतीक्षामा छन् । छायाङ्कन भइरहेको फिल्मको एक्सन पाटोको भर्खर सकिएको छ । निर्माण युनिट अहिले फिल्मको गीत छायाङ्कनमा जुटेको छ । 

निर्माण युनिटले यो अप्रिलमा ‘जवान’का लागि दुई गीत छायाङ्कन गर्ने योजनामा छ । जसको कम्पोज अनिरुद्धले गरेका छन् । एकपछि अर्को गीत छायाङ्कन हुनेछ । मिडिया रिपोटका अनुसार अव छायाङ्कन हुने गीतमा दीपिका पादुकोण पनि भित्रिएकी छन् ।

 दीपिका र शाहरुखको जोडी रहेको फिल्म ‘पठान’ केही पहिले आएको थियो । जुन दर्शकले निकै रुचाएका थिए । फिल्ममा दीपिकाको प्रवेशले फिल्म प्रति दर्शकका कौतुहलता झन् बढाएको छ । 

‘जवान’को अहिले भिएफएक्स र पोस्ट प्रोडक्सनमा भइरहेको छ । फिल्मको अन्तिम प्रिन्ट १० मेमा तयार हुनेछ । २ जुन २०२३ रिलिज मिति तोकिएको फिल्ममा साउथ स्टार विजय सेतुपतिको नेगेटिभ भूमिका छ । 

फिल्मका एटली निर्देशन गरेका हुन् । एटलीको यो हिन्दी फिल्म निर्देशनमा डेब्यु हो । फिल्ममा अभिनेता सञ्जय दत्तको पनि केमियो भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप