उम्मेदवारी दर्ता नहुँदै बारा–२ मा जसपा र जनमतको घरदैलो कार्यक्रम (फोटोफिचर)
काठमाडौँ । उपनिर्वाचन अन्तर्गत उम्मेदवारी दर्ता नहुँदै बारा–२ मा दलहरु चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलोमा सक्रिय हुन थालेका छन् ।
सो क्षेत्रमा जसपा नेपाल र जनमत पार्टीले मतदातालाई विश्वासमा लिन अभियान सुरु गरेका छन् । आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतले सो क्षेत्रमा आ–आफ्नो दलका तर्फबाट आयोजित कार्यक्रममा सहभागिता जनाए । उनीहरु घरदैलो कार्यक्रममा पनि सामेल भएका छन् ।
बारा–२ मा हुने उपनिर्वाचनमा जसपाबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने भएका छन् भने जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
तर आक्रामक ढंगबाट जसपा र जनमत पार्टी चुनावी प्रचार प्रसारमा जुटिसकेका छन् । दुवै पार्टीले एक अर्काको आलोचनाबाट आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।
उम्मेदवारी दिनका लागि आजै बारा पुगेका उपेन्द्र यादवले घरदैलो तथा भेटघाटलाई तीब्रता दिएका छन् । घरघर गएर मतदातालाई भेट्ने, मन्दिरहरुमा गएर पूजापाठ गर्ने काम उनले सुरु गरेका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउत हिजैदेखि बारामा छन् । उनी कहिले आफ्ना उम्मेदवार कुशवाहालाई साथमा लिएर त कहिले एक्लै मतदाताको घरदैलो, खेतबारी, मन्दिर, पसलहरुमा पुगिरहेका छन् ।
यसअघि जसपाबाट रामसहाय यादव बारा–२ बाटै चुनाव जितेका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
बारा–२ मा एकलाख पाँच हजार ११ जना मतदाता छन् । त्यसमध्ये जसपाका रामसहाय यादव (अहिलेका उपराष्ट्रपति) ले १३ हजार ८२२ मत ल्याएर जसपा–एमाले गठबन्धनबाट विजयी भएका थिए । दोस्रो स्थानमा रहेका माओवादी–कांग्रेस–लोसपालगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुशवाहा (माओवादी)ले १३ हजार ४६८ मत ल्याएका थिए । उनी जनमत पार्टीमा प्रवेश गरेर त्यहाँबाट पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
तेस्रो स्थान जसपाबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए । रामकिशोर यादव जनमत पार्टीमा फर्किसकेका छन् ।
छैटौं स्थानमा रहेका जनमत पार्टीका राजेश साहले दुई हजार ७२५ मत ल्याएका थिए । अहिले जनमतले कुशवाहालाई उम्मेदवार बनाएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण