विराट चम्किँदा रोहित फ्लप
बैंग्लुरु । विराट कोहली र रोहित शर्माबीचको भीडन्तको रुपमा व्याख्या गरिएको खेलको निर्णय झण्डै एकतर्फी रह्यो । रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई २२ बल बाँकी रहँदा ८ विकेटले पराजित गरेको हो ।
आइतबार बेङ्लोरमा भएको उक्त खेलमा विराट कोहली (नटआउट ८२ रन) ले ब्याटिङमा जादू देखाए भने रोहित शर्मा ब्याटिङ र कप्तानी दुवैमा असफल भए । मुम्बई इन्डियन्सले सन् २०१२ पछि हरेक सिजनको पहिलो खेलमा हार बेहोर्ने शृङ्खला कायम राखेको छ।
बैंग्लोरलाई जितका लागि १७२ रनको लक्ष्य दिइएको थियो । क्रिकेट पण्डितहरूले यसलाई चुनौतीपूर्ण लक्ष्य भनेका थिए तर बैंगलोरका कप्तान फाफ डु प्लेसिस र स्टार ब्याट्सम्यान कोहलीले यसलाई तुच्छ साबित गरिदिए। सात रनको व्यक्तिगत स्कोरमा जोफ्रा आर्चरले कोहलीलाई जीवनदान दिएर उनको काम सजिलो बनाए।
डु प्लेसिस आक्रामक थिए र चौका र छक्कामा मात्रै रन बनाइरहेका थिए । कोहली पनि उनीभन्दा पछि रहन तयार थिएनन् । दुबैले ५.३ ओभरमा ५० रन र १०.३ ओभरमा १०० रन पुरा गरे । डु प्लेसिसले २९ बलमा अर्धशतक बनाए भने विराट कोहलीले ३८ बल खेलेर ५० रन बनाएका थिए । यो उनको आईपीएलमा ५० औँ अर्धशतक हो ।
अरशद खानले १५ औं ओभरमा मुम्बई इन्डियन्सलाई पहिलो सफलता दिलाए । उनले डुप्लेसिस (७३ रन) लाई आउट गरे । त्यसपछि दिनेश कार्तिक खाता नखोल्दै क्यामरुन ग्रीनको शिकार बने । ग्लेन म्याक्सवेल तीन बलमा १२ रन बनाएर अविजित रहे । विराट कोहलीले १७ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेर खेलको अन्त्य गरे । विराट कोहलीले ४९ बलको इनिङ्समा ६ चौका र ५ छक्का प्रहार गरे ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । २० वर्षीय युवा ब्याट्सम्यान तिलक वर्माले मुम्बई इन्डियन्सलाई यो स्कोरमा पुर्याउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेले। ४६ बलमा अविजित ८४ रन बनाएका तिलक वर्मा क्रिजमा आउँदा मुम्बई इन्डियन्सको टिमको स्कोर तीन विकेटमा २० रन थियो । छैटौँ ओभर चलिरहेको थियो र टोलीले ओपनर इशान किशन (१० रन), क्यामरन ग्रीन (५ रन) र कप्तान रोहित शर्मा (१ रन)को विकेट गुमाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण