चेल्सीद्वारा म्यानेजर पोटर बर्खास्त
सोमबार, २० चैत २०७९, ०६ : ४९
लण्डन । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि चेल्सीले म्यानेजर ग्राहम पोटरलाई सात महिनाभन्दा कम समयपछि नै बर्खास्त गरेको छ । सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई प्रतिस्थापन गरेपछि यो ३१ खेलमा उनको ११ औं हार थियो ।
चेल्सी प्रिमियर लिगमा ११ औँ स्थानमा झरेको छ भने शीर्ष चारभन्दा १२ अंकले पछि परेको छ । जबकि यो सिजन नयाँ खेलाडीहरूका लागि क्लबले ५५ करोड पाउन्डभन्दा बढी खर्च गरेको छ। क्लबका मालिकहरूले पोटरलाई बर्खास्त गर्दा आफूहरु ‘निराश’ भएको बताएका छन्। ब्राइटनमा पोटरसँग काम गरेका ब्रुनो साल्टरले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी लिनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण