सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सोमबार अपराह्न ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ। यसैगरी सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो। प्रचण्डले शुक्रबार कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १- १ जना मन्त्री थपेका थिए ।
कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ बनेका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री बनेका छन् । जसपाबाट अशोक राई, शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेसपाबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नाउपाबाट रञ्जिता श्रेष्ठ भूमिसुधार मन्त्री भएका छन् ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार, सुदन किराती पर्यटन, अमनलाल मोदी, संघीय मामिलामन्त्रीको जिम्मेवारीमा छन् । माओवादीकै सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री छिन् ।
कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण