क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी

काठमाडौँ । केन्द्रीय बैंकले क्रिप्टो करेन्सी जस्ता भर्चुअल मुद्रा, नेटवर्किङ मार्केटिङ तथा हाइपर फण्डमा लगानी नगर्न एवम् यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई पुनः एकपटक सचेत गराएको छ । यस्तो कारोबार गैरकानु हुने भन्दै यसअघिनै २०७४ साउन २९ गतेदेखि २०७९ साउन ३० गतेसम्म चार पटक सूचना गरिसकेकोमा बैंकले पुनः अर्को सूचना प्रकाशित गरेको हो ।
नेपालमा सविदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी, नन् फनजिबल टोकन लगायतका गैरकानुनी फन्डहरुको प्रयागले नेपाली लगानीको जोखिम समेत बढाउने बैंकले जनाएको छ ।
नेपाल सरकारको जमानत प्राप्त नभएको, केन्द्रीय बैंकले निष्कासन समेत नगरेको तथा कुनैपनि किसिमको संरक्षण नभएको र यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकाले यस्तो कारोबार विदेशी विनिमय ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम समेत गैरकानुनी हुने बैंकले जनाएको छ ।
नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक/फर्म/कम्पनी/संस्थाले गैरकानुनी रूपमा विदेशमा लगानी लैजाने जोखिम रहेको यस्तो करेन्सीको विषयमा राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भइरहेको जनाएको छ । यस्तो गैरकानुनी काममा संलग्न जो कोही कानुनको भागिदार हुने भन्दै बैंकले सूचना प्राप्त भए कानुन बमोजिम कारबाही हुने समेत बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह