क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी
काठमाडौँ । केन्द्रीय बैंकले क्रिप्टो करेन्सी जस्ता भर्चुअल मुद्रा, नेटवर्किङ मार्केटिङ तथा हाइपर फण्डमा लगानी नगर्न एवम् यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई पुनः एकपटक सचेत गराएको छ । यस्तो कारोबार गैरकानु हुने भन्दै यसअघिनै २०७४ साउन २९ गतेदेखि २०७९ साउन ३० गतेसम्म चार पटक सूचना गरिसकेकोमा बैंकले पुनः अर्को सूचना प्रकाशित गरेको हो ।
नेपालमा सविदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी, नन् फनजिबल टोकन लगायतका गैरकानुनी फन्डहरुको प्रयागले नेपाली लगानीको जोखिम समेत बढाउने बैंकले जनाएको छ ।
नेपाल सरकारको जमानत प्राप्त नभएको, केन्द्रीय बैंकले निष्कासन समेत नगरेको तथा कुनैपनि किसिमको संरक्षण नभएको र यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकाले यस्तो कारोबार विदेशी विनिमय ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम समेत गैरकानुनी हुने बैंकले जनाएको छ ।
नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक/फर्म/कम्पनी/संस्थाले गैरकानुनी रूपमा विदेशमा लगानी लैजाने जोखिम रहेको यस्तो करेन्सीको विषयमा राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भइरहेको जनाएको छ । यस्तो गैरकानुनी काममा संलग्न जो कोही कानुनको भागिदार हुने भन्दै बैंकले सूचना प्राप्त भए कानुन बमोजिम कारबाही हुने समेत बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण