उद्योग वाणिज्य महासंघको चुनाव–यस्तो छ निर्वाचन कार्यतालिका
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउन अब जम्मा ८ दिन बाँकी छ । यस्तो अवस्थामा आज ५ बजेसम्म सबै उम्मेदवारले उम्मेदवारी दर्ता गराइसक्नुपर्ने छ । हालसम्म वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
महासंघको निर्वाचन प्रक्रिया चैत ५ गतेदेखि नै अघि बढेको थियो । चैत ५ गते मतदान गर्न पाउने सदस्य संघ संस्थाहरुको नामावली प्रकाशन गरिएको थियो । यस्तै, चैत ६ गते मतादाताहरूको नामावली उपर दाबी विरोध सम्पन्न भइसकेको छ ।
यसैगरी, ८ गते मतदातामाथि परेको दाबी विरोधमाथि छानबिन गरेर संशोधित नामावली प्रकाशन भइसकेको छ । यसअनुसार, महासंका मतादाताहरूको नामावली प्रकाशन भइसकेको छ । यसपछि, आज साँझ ५ बजेसम्म महासंघका उम्मेरद्वाहरुको मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ ।
यही २५ गते सक्कल कागजान प्राप्त भएपछि प्रमाणहरुको आधारमा उम्मेद्वारहरुको दोस्रो सूची प्रकाशन हुनेछ भने २६चैतमा उम्मेद्वाहरुको मनोनयन पत्रमाथि दाबी विरोध हुनेछ । चैत २७ गते उम्मेद्वारमाथि परेको दाबीविरोधपछिको अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
सोही दिन महासंघका मतदाताहरुको नामावली प्रकाशन हुनेछ भने मतादाताहरुमाथिको दाबी विरोध एवं छानबिन २८ गते दिउँसो २ बजेसम्मको समय छ । सोही दिन साँझ ५ बजे मतदाता गर्न पाउने सदस्य प्रतिनिधिको अन्तिम सूची प्रकाशन हुनेछ भने चैत २७ गते उम्मेदवारले मनोनयन फिर्ता लिने समय र सोही दिन ४ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने महासंघको सचिवालयले बताएको छ ।
निर्वाचनका लागि महासंघले अधिवक्ताहरुलाई जिम्मेवारी दिएर निर्वाचन समिति गठन गरिसकेको छ । महासंघको निर्वाचन समितिको प्रमुखमा लिलामणी पौडेल छन् । यसबाहेक २५ जना सदस्यीय स्वयंसेवक समेत नियुक्त हुनेछन् । जसले निर्वाचन सम्पन्न गराउन आ–आफ्नो भूमिका खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण