बुटवलमा छाडा कुकुरहरूको बन्ध्याकरण सुरु

बुटवल । बुटवलमा छाडा कुकुरहरूको बन्ध्याकरण सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्रका सडकमा छाडा कुकुरहरूको सङ्ख्या कम गर्ने तथा रेबिज रोग फैलिन नदिन बन्ध्याकरण अभियान थालिएको हो । यस्तै रेबिजविरुद्धको खोप लगाउने गरिएको छ ।
मङ्गलवार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान सुरु भएको हो ।
अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको सङ्ख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । उनले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसा पिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानुन बनाइरहेको बताए ।
सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरूको सङ्ख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको बताए ।बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख झविन्द्र बन्जाडेले बुटवलभित्र कुकुरको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक
-
नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम
-
दुग्ध पाउडर प्लान्ट निर्माण भएको २ वर्षसम्म पनि सञ्चालन मोडालिटी टुङ्गिन सकेन
-
युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम
-
गृहमन्त्रीको प्रश्न–आजको दिनमा जन्मको आधारमा शासन गर्न पाइन्छ ?
-
‘पाउडर प्लान्ट सरकार आफैँले चलाउनुपर्छ’