बुटवलमा छाडा कुकुरहरूको बन्ध्याकरण सुरु
बुटवल । बुटवलमा छाडा कुकुरहरूको बन्ध्याकरण सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्रका सडकमा छाडा कुकुरहरूको सङ्ख्या कम गर्ने तथा रेबिज रोग फैलिन नदिन बन्ध्याकरण अभियान थालिएको हो । यस्तै रेबिजविरुद्धको खोप लगाउने गरिएको छ ।
मङ्गलवार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान सुरु भएको हो ।
अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको सङ्ख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । उनले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसा पिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानुन बनाइरहेको बताए ।
सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरूको सङ्ख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको बताए ।बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख झविन्द्र बन्जाडेले बुटवलभित्र कुकुरको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण