मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

२० वर्ष अघि उसिनेको अण्डा अहिले देखेर मानिस चकित

मङ्गलबार, २१ चैत २०७९, १५ : ०५
मङ्गलबार, २१ चैत २०७९

२० वर्ष अघि उसिनेको अण्डा अहिले कस्तो देखिन्छ होला ? कतिले त यसबारे अनुमानसमेत गर्न सक्दैनन् तर चीनकी एक महिलाले २० वर्ष अघि उसिनेर राखेको अण्डाको वर्तमान अवस्था इन्टरनेटमा राखेर सबैलाई चकित पारेकी छिन् । ती चिनियाँ महिलाले आफू सानै हुँदा उसिनेको अण्डा पूर्ण रूपमा बिर्सिएकी थिइन् जुन हाल जीवाश्म भइसकेको र रुबी (बहुमूल्य पत्थर) जस्तो देखिएको अडिटी सेन्ट्रलले बताएको छ । 

फू थर भएकी महिलाले उक्त जीवाश्म भइसकेको अण्डालाई चीनको सोसल मिडिया डोउबानमा पोस्ट गरेकी थिइन् । यहाँ यो क्षणभरमै भाइरल भइदियो । त्यसपछि मूलधारका मिडियाले उनलाई उक्त अण्डाको कथा जान्न फोन गर्न थाले । 

ruby eggकेही मिडियाका अनुसार उक्त अण्डा फू प्राथमिक विद्यालयमा पढ्दै गर्दा उनकी आमाले किनेर ल्याएकी थिइन् । यो औसत अण्डाभन्दा धेरै सानो आकारको थियो । उनकी आमाले छोरीलाई खाजाका लागि उक्त अण्डा उसिनिदिएकी थिइन् । तर ब्यागको साइड पकेटमा राखेको उक्त अण्डाबारे उनलाई तीन दिनपछि मात्रै याद आयो । कुहिसक्यो होला भनेर उनले त्यो खान आँट गरिनन् । तर उनलाई त्यो अण्डा फ्याँक्न पनि मन लागेन, त्यसैले आफ्नो फ्रिजको माथि पट्टी राखिदिइन् । त्यसपछि उनकी आमाले त्यो अण्डा दुई महिनापछि मात्रै देखिन् । 

ruby-egg-750x952उनकी आमाले उक्त अण्डा भेट्दा त्यो रातो बर्गन्डी रङमा परिवर्तन भइसकेको थियो । त्यसैले उनले त्यसलाई फ्याँक्नुको साटो गहनाको भाँडोमा राख्ने निर्णय गरिन् । समय बित्दै गयो, फू छुट्टै बस्न थालिन् । उनले त्यो अण्डाबारे पूर्ण रूपमा बिर्सिसकेकी थिइन् । तर उनकी आमाले घर सफा गर्दा त्यो भेटिन् र उनलाई देखाइन् । समय हिसाब गर्न थाले । २० वर्ष बितिसकेको थियो ।  उक्त अण्डा थप कडा भइसकेको थियो । प्लास्टिकको बलजस्तै चिल्लो थियो र सबैतिर चिरा परेको थियो ।

दुई दशकभन्दा पुरानो अण्डाको फोटो सोसल मिडियामा हाल्दा, देख्ने मानिसहरू सबै जिल्ल परे । ‘यो किन कुहिएन’ भनेर धेरैले प्रश्न पनि गरे । तर त्यहाँ सोधिएका सबै प्रश्नको जवाफ फूसँग थिएन । आफू बस्ने ठाउँ निकै चिसो र सुख्खा भएका कारण यस्तो भएको हुनसक्ने उनले आशङ्का व्यक्त गरिन् । विज्ञले उनको थ्योरीलाई पुष्टि गर्नै बाँकी छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप