बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चन्द्रमामा जाने चार अन्तरिक्ष यात्रीको नाम सार्वजनिक, क्रिस्टिना पहिलो महिला बनिन्

मङ्गलबार, २१ चैत २०७९, १५ : २८
मङ्गलबार, २१ चैत २०७९

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा जाने चार अन्तरिक्ष यात्रीको नाम सार्वजनिक गरेको छ ।

क्रिस्टिना कोच चन्द्रमा जाने टोलीमा सामेल हुने पहिलो महिला हुन् । साथै, भिक्टर ग्लोभरलाई यो टोलीमा समावेश गरिएको छ, जो चन्द्रमा मिसनमा सामेल हुने पहिलो अश्वेत अन्तरिक्ष यात्री हुनेछन् ।

उनीहरू अर्को वर्षको अन्त्यमा वा सन् २०२५ को सुरुमा चन्द्रमाको वरिपरि क्याप्सुल उडाउने अभियानमा रीड विजम्यान र जेरेमी ह्यान्सनसँग सामेल हुनेछन् ।

यी अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गर्दैनन्, तर उनीहरूको मिसनले चन्द्रमामा अवतरण गर्नेहरूका लागि मार्ग प्रशस्त गर्नेछ।

टेक्ससको ह्युस्टनमा आयोजित एक समारोहमा तीन अमेरिकी नागरिक र एक क्यानेडियन नागरिकलाई सार्वजनिक गरिएको हो ।

नासाले टोलीमा एक महिला र एक अश्वेत व्यक्तिलाई समावेश गरेर विविधताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। यस मिसनमा पहिले सबै सदस्यहरू गोरा थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप