चन्द्रमामा जाने चार अन्तरिक्ष यात्रीको नाम सार्वजनिक, क्रिस्टिना पहिलो महिला बनिन्
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा जाने चार अन्तरिक्ष यात्रीको नाम सार्वजनिक गरेको छ ।
क्रिस्टिना कोच चन्द्रमा जाने टोलीमा सामेल हुने पहिलो महिला हुन् । साथै, भिक्टर ग्लोभरलाई यो टोलीमा समावेश गरिएको छ, जो चन्द्रमा मिसनमा सामेल हुने पहिलो अश्वेत अन्तरिक्ष यात्री हुनेछन् ।
उनीहरू अर्को वर्षको अन्त्यमा वा सन् २०२५ को सुरुमा चन्द्रमाको वरिपरि क्याप्सुल उडाउने अभियानमा रीड विजम्यान र जेरेमी ह्यान्सनसँग सामेल हुनेछन् ।
यी अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गर्दैनन्, तर उनीहरूको मिसनले चन्द्रमामा अवतरण गर्नेहरूका लागि मार्ग प्रशस्त गर्नेछ।
टेक्ससको ह्युस्टनमा आयोजित एक समारोहमा तीन अमेरिकी नागरिक र एक क्यानेडियन नागरिकलाई सार्वजनिक गरिएको हो ।
नासाले टोलीमा एक महिला र एक अश्वेत व्यक्तिलाई समावेश गरेर विविधताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। यस मिसनमा पहिले सबै सदस्यहरू गोरा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण