शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केही दिनभित्रै सरकारले पूर्णता पाउँछ : शर्मा

मङ्गलबार, २१ चैत २०७९, १६ : ५३
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइन् ।

‘कांग्रेसबाट मन्त्रीको नाम नदिँदा पूर्णता पाएको छैन । करिब करिब पूर्ण त भयो तर केही मन्त्रालय रिक्त छन्’ शर्माले भनिन्, ‘यो विषयमा हिजो क्याबिनेटमा छलफल भएको थियो । केही दिनभित्र सरकारले पूर्णता पाउने छ । पार्टीहरुका आन्तरिक समस्याहरु हुन्छन् । ती कारणहरूको समस्या समाधान हुने छ ।’

प्रधानमन्त्रीसहित सत्ता साझेदाल दलका नेताहरु समेत तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्परता देखाएले छिट्ट हुने शर्माले विश्वास व्यक्त गरिन । कांग्रेसभित्रको आन्तरिक झगडाले गर्दा ६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफै राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप