केही दिनभित्रै सरकारले पूर्णता पाउँछ : शर्मा
मङ्गलबार, २१ चैत २०७९, १६ : ५३
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइन् ।
‘कांग्रेसबाट मन्त्रीको नाम नदिँदा पूर्णता पाएको छैन । करिब करिब पूर्ण त भयो तर केही मन्त्रालय रिक्त छन्’ शर्माले भनिन्, ‘यो विषयमा हिजो क्याबिनेटमा छलफल भएको थियो । केही दिनभित्र सरकारले पूर्णता पाउने छ । पार्टीहरुका आन्तरिक समस्याहरु हुन्छन् । ती कारणहरूको समस्या समाधान हुने छ ।’
प्रधानमन्त्रीसहित सत्ता साझेदाल दलका नेताहरु समेत तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्परता देखाएले छिट्ट हुने शर्माले विश्वास व्यक्त गरिन । कांग्रेसभित्रको आन्तरिक झगडाले गर्दा ६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफै राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण