शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्प अदालतमा हाजिर हुने, अपराधी जस्तै हतकडी लगाएर फोटो खिचिनेछ ?

मङ्गलबार, २१ चैत २०७९, २० : ५१
मङ्गलबार, २१ चैत २०७९

पोर्नस्टार स्टर्मी डेनियललाई भुक्तानी गरेको मामिलामा भइरहेको अनुसन्धानको नतिजामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गिरफ्तार गर्न सकिने सम्भावना छ । यो घटना सन् २०१६ को हो । 

ट्रम्प सोमबार न्यूयोर्क पुगेका छन् । आज उनी अदालतमा पेस हुँदै छन् जहाँ उनलाई पक्राउ गर्न सकिनेछ । 

आपराधिक मुद्दा चलाइने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन्, यद्यपि उनी विरुद्ध के आरोपहरू छन् भन्ने स्पष्ट छैन ।

अभियोग के हो

सन् २०१६ मा, एडल्ट फिल्म स्टार स्टर्मी डेनियलले मिडिया संस्थाहरूसँग सम्पर्क गरेकी थिइन् । सन् २००६ मा उनी डोनाल्ड ट्रम्पसँगको आफ्नो अफेयरको कथा पैसाको बदलामा बेच्न चाहन्थिन् ।

ट्रम्पको टोलीले यसको सुराग पाए र उनका वकिल माइकल कोहेनले डेनियललाई चुप लागे बापत १ लाख ३० हजार अमेरिकी डलर दिए ।

त्यसो गर्नु गैर कानुनी थिएन । तर जब ट्रम्पले कोहनलाई पैसा फिर्ता गरे, उनले यसलाई कानुनी शुल्क बताए । अभियोजकले यसलाई ट्रम्पले व्यापार रेकर्डमा झुटो बोलेको बताएका छन् र यो न्यूयोर्क कानुन अनुसार एक अपराध हो ।

अभियोजनहरूले यो पनि भन्न सक्छन् कि यसले चुनाव कानुनको उल्लङ्घन पनि गर्‍यो किनभने कोहेन मार्फत् डेनियललाई भुक्तानी गरेर, उनले मतदाताहरूलाई उनको कुनै अफेयर थियो भनेर जानकारी दिन चाहँदैनथे । 

झुटो अभिलेख राखेर अपराध लुकाउनु जघन्य अपराध हो । अमेरिकी कानुन अनुसार फेलनी (घोर अपराध) लाई एक वर्षदेखि मृत्युदण्डसम्मको सजाय हुन सक्छ ।

यो मुद्दाको लागी कुनै उदाहरण छैन । विगतमा यस्ता अपराधका लागि राजनीतिज्ञले सजाय पाएका छैनन् ।

न्यूयोर्क सहरमा जिल्ला न्यायाधिवक्ता क्याथरिन क्रिस्चियनले भनिन्, ‘यो मुद्दा पनि निकै गाह्रो देखिन्छ।’

michaelअब ट्रम्पको के हुन्छ ?

न्यूयोर्क शहरका सरकारी वकिल एल्भिन ब्रागले यस मुद्दामा ग्रान्ड जुरी गठन गरेका थिए। यो जुरीले गत हप्ता कि ट्रम्प विरुद्ध मुद्दा अगाडि बढाउन पर्याप्त प्रमाण छ भनेको थियो ।

पूर्व राष्ट्रपति ट्रम्प आज राती १२ बजे अदालतमा उपस्थित हुनेछन् । त्यतिबेला न्यूयोर्कमा दिउँसो २ः १५ बजेको हुनेछ ।

जबसम्म न्यायाधीशले अदालतमा ट्रम्प विरुद्धको आरोपहरू पढ्दैनन्, तबसम्म यस बारे केही थाहा हुँदैन ।

पक्राउ परेमा हतकडी लगाइनेछ ?

ट्रम्पको कानुनी टोलीले उनलाई हतकडी लगाउन नदिने र अदालतले उनलाई निजी मार्गबाट अदालतमा प्रवेश गर्न दिने बताएको छ ।

अदालतमा प्रवेश गरेपछि ट्रम्पको औँठाछाप लिइनेछ ।

तर अन्य अपराधी जस्तै उनको तस्बिर पनि अदालतभित्र खिचिनेछ भन्ने स्पष्ट छैन ।

सोमबार ट्रम्पका वकिल एलिना हब्बाले सीएनएनसँगको कुराकानीमा ट्रम्प संसारभरि परिचित अनुहार हुन् र अदालतमा उनको फोटो खिच्नु नहुने बताएकी छिन् । 

तर यदि साँच्चै तस्बिर खिचिएको हो भने, यो विरलै सार्वजनिक गरिनेछ ।

न्यूयोर्कको कानुन अनुसार यसलाई सार्वजनिक गर्न ट्रम्पको अनुमति चाहिन्छ । यद्यपि केही अमेरिकी सञ्चारमाध्यमहरूले भने ट्रम्प यसलाई सार्वजनिक गर्ने विपक्षमा नभएको बताउँछन् ।

गोप्य सेवाका अधिकारीहरूले ट्रम्पलाई ल्याउनेछन् । त्यसपछि, उनलाई न्यायाधीश समक्ष उपस्थित हुनु अघि होल्डिङ एरियामा बसाइनेछ ।

तर अदालतमा हाजिर हुने बित्तिकै उनको तस्बिर सार्वजनिक गरिनेछ ।

सोमबार न्यायाधीश युआन मार्चनले केही प्रेस फोटोग्राफरहरूलाई अदालतभित्र ट्रम्पको तस्बिर खिच्न अनुमति दिन सक्ने बताएका थिए ।

donald trump1ट्रम्पको ट्रायल कहिले सुरु हुन्छ ?

ट्रायल कहिले सुरु हुन्छ भन्ने अझै स्पष्ट छैन ।

मुद्दा दर्ता भइसकेपछि सुनुवाइका लागि न्यायाधीश छानिनेछ । त्यसपछि बाँकी जानकारी आदान प्रदान गरिने छ । ट्रम्प जमानतमा रिहा भएर फ्लोरिडास्थित आफ्नो घर फर्किने अपेक्षा गरिएको छ ।

यदि ट्रम्प यस मुद्दामा दोषी पाइएमा उनले क्षतिपूर्ति तिर्नुपर्नेछ । तर यदि ट्रम्प कुनै अपराधमा दोषी पाइएमा उनलाई अधिकतम सजाय हुनेछ। यस अपराधमा अधिकतम चार वर्ष जेल सजाय हुन्छ ।

तर धेरै कानुनी विज्ञहरू भन्छन् कि ट्रम्पलाई क्षतिपूर्तिको लागि मात्र सजाय दिइनेछ ।

के उनी राष्ट्रपति चुनाव लड्न पाउनेछन् ? 

यस मामिलामा दोषी पाइए पनि ट्रम्पले चाहेमा राष्ट्रपति पदको दौडमा निरन्तरता दिन सक्छन् । र अहिलेसम्म उनले आफू जुनसुकै अवस्थामा पनि दौडमा रहने सङ्केत गरेका छन् ।

अमेरिकी कानुनमा त्यस्तो कुनै प्रावधान छैन जस अन्तर्गत अपराधमा दोषी पाइएका उम्मेदवारलाई राष्ट्रपति बन्नबाट रोक लगाउन सकिन्छ ।

तर यदि ट्रम्प पक्राउ परे भने उनको राष्ट्रपति बन्ने अभियान जटिल हुनेछ । यसका कारण केही रिपब्लिकन मतदाता उनी भए ठाउँ जान सक्छन्। तर उनीबाट धेरै समर्थकहरू अलग पनि हुन सक्छन् । 

यसले समकालीन अमेरिकाको राजनीतिक प्रणालीलाई थप विभाजन गर्नेछ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप