सीके राउतले भने–चौतर्फी घेराबन्दीमा छु, केही समय धैर्य गर्नुहोस्
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘मलाई अलिकति समय दिनोस्–अलिकति धैर्य राख्नुहोस्, घेरामा छु, घाइते छु तर मरिसकेको छैन–हामी विजयी हुनेछौ ।’ं
युद्ध नटुंगिएको भन्दै उनले आफू अझै जीवनको कुरुक्षेत्रमा रक्ताम्मे भएर संघर्ष गरिरहेको उल्लेख गरेका छन् ।
उनले आफू विभिन्न पार्टी, नेता, सामाजिक संरचना, यथास्थितिवादी, मिडिया, शक्ति केन्द्र, साइबर सेलको निरन्तर आक्रमणमा रहेको समेत बताएका छन् । आर्थिक, सामाजिक तथा अन्य विभिन्न समस्याले पनि पिरोलिएको उनले बताए ।
उनले भने, ‘केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु ।’
जनताको अपेक्षा ठूलो रहेको उल्लेख गर्दै उनले परिवर्तनका आकांक्षीले आँखा टोलाएर बसेको बताए ।
विगत १० वर्षदेखि पार्टीमा लागेका कार्यकर्ताको भविष्य सुरक्षित गर्ने जिम्मेबारी आफ्नो काँधमा रहेको उनले बताए ।
उनले भनेका छन्, ‘घरमा बुवा ‘डेन्टिस्ट’ कहाँ लगि दिन र वृद्ध आमा अपरेशनको प्रतीक्षामा छिन्, बिरामी छोरी छटपटाई रहँदा अस्पताल लैजाने कोही छैनन्, छोराको पढाई कहाँ पुग्यो थाहा छैन । म चाँहि निरन्तर बटुवा झैँ संगठनको काममा कहिले यता त कहिले उता भौतारिँदैछु ।’ उनले सबै संघर्षलाई पार गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण