बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको १० लाख नगदसहित ३ जना पक्राउ

बुधबार, २२ चैत २०७९, १७ : ४९
बुधबार, २२ चैत २०७९

काठमाडौँ । स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित ३ जना पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले स्रोत १० लाख नगदसहित ३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाह रहेका छन् । 

नम्बर १० गण सर्लाहीबाट खटिएको टोलीले अवैध नगद बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो नगद भेटिएको थियो ।

आरोपीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा, २ हजार दरको एउटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा  १ सय दरको ४ सय ८४ वटा, ५ सय दरको ३ सय वटा र १ हजार दरको ३ सय वटा बरामद गरिएको छ । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप