राजनीति
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गर्ने तयारी
बिहीबार, २३ चैत २०७९, ०९ : ४५
काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनको साझा न्यूनतम कार्यक्रमबारे छलफल भइरहेको छ ।
कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा ९ वटा विषयलाई प्राथमिकतामा राखिएको छ । सो कार्यक्रमलाई आजको बैठकले अन्तिम रूप दिने बताइएको छ । गठबन्धनको बैठकले अनुमोदन गरेपछि आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो साझा न्यूनतम कार्यक्रम बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण