बेकरी व्यवसाय सुरु गर्दै कमेडी च्याम्पियन विजेता हिमेश
काठमाडौँ । कमेडी च्याम्पियन विजेता हिमेश पन्तले बेकरी व्यवसाय सुरु गर्ने भएका छन् । बेकरीमा पनि उनले दुनोटको व्यवसाय गर्न लागेका हुन् । उनले व्यवसाय गर्न लागेको दुनोट अहिले बजारमा पाइनेभन्दा भिन्न हुनेछ । जुन दुनोट २०४० तिर होटेल अन्नपूर्णमा बन्थ्यो । त्यो दुनोट उनका बुबाले अन्नपूर्णबाट सिकेपछि धादिङ लगेका थिए । धादिङमा यो चर्चित भएको थियो । अहिले आफूले बुबाले बनाउने दुनोटको व्यवसाय गर्न लागेको हिमेशले बताए ।
‘बुबाले तीन वर्ष अगाडि छाडेको दुनोट व्यवसाय म अब सुरु गर्दैछु’, हिमेशले भने ‘बुवाले काठमाडौँबाट धादिङ जुन दुनोट लानुभयो । म फेरि त्यो काठमाडौँमा ल्याएर ब्रान्डका रूपमा व्यवसाय गर्दैछु ।’ बजारको भन्दा राम्रो दुनोट व्यवसाय गर्न लागेको उनको धारणा रहेको छ ।
उनले दुनोटको नाम ‘कोकोनट क्राउन’ जुराएका छन् । दुनोट नरिवल हालेर बनाउने भएकाले उनले यो नाम राखेका हुन् । धादिङमा यसलाई नरिवल भएको दुनोट भनेर चिनिन्छ । दुनोटका लागि मार्केट समेत उनले टेस्ट गरिसकेका छन् । ‘मार्केट टेस्टिङमा राम्रो फिल्ड ब्याक आयो । प्याकेजिङका लागि डिजाइन भइरहेको छ’ उनले थपे । दुनोट छिट्टै बजारमा ल्याउने योजना उनको छ । हुन त हिमेशको अहिले कलाकारिताबाटै राम्रो आम्दानी भइरहेको छ । कलाकारिताको भर नभएको र भविष्यको चिन्ताले व्यवसाय थाल्न लागेको उनको धारण रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण