आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महाकाली नदीबाट उठाउने रोयल्टीमा अनियमितता, छानबिन गर्न माग

बिहीबार, २३ चैत २०७९, १८ : १४
बिहीबार, २३ चैत २०७९

कञ्चनपुर । महाकाली नदीबाट उठ्ने रोयल्टीमा अनियमितता भइरहेको भन्दै छानबिनको माग गरिएको छ । 

भीमदत्त नगरपालिका वडा नम्बर ११ का स्थानीयले भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै अनियमितता भइरहेकाले छानबिनको माग गरेका हुन् ।

त्यसरी अनियमितता गर्नेमा नगरपालिकाकै कर्मचारीको मिलेमतो रहेको उनीहरूको आरोप छ । केही समय अगाडि रोउल्टी उठाउने कर्मचारीले भीमदत्त नगरपालिकाको छापबिना रोयल्टीको बिल काटिएको फेला परेको थियो । उक्त बिल त्यत्तिकै फालिएको अवस्थामा फेला परेको थियो । नगरपालिकाकै कर्मचारीको मिलेमतोमा यस्तो कार्य भइरहेको भन्दै स्थानीयले छानबिनको माग गरेका हुन् ।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा उठान गरेका मागहरू एक हप्ताभित्रमा सम्बोधन गर्न अल्टिमेटम दिइएको स्थानीय सुभाष सिंह धामीले बताए ।

पालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उक्त कार्य नरोकिए कडा कदम चाल्न बाध्य हुने उनको चेतावनी छ ।  

महाकाली नदीबाट उठाइएका सामग्रीको रोयल्टीमा व्यापक लुट मच्चिएको अवस्थामा उक्त रोयल्टी उठाउने कर्मचारीमाथि कारबाही गर्न समेत माग गरेका छन् ।  

२०६५ सालमा आएको बाढीका कारण पीडित भएकाहरूले रोजगारी नपाएको भन्दै त्यसमा टाठा बाठाहरूको हालीमुहाली रहेको उनको भनाई छ ।

तत्कालीन समयमा महाकाली संघर्ष समिति र प्रमुख जिल्ला अधिकारीबीच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार तटीय क्षेत्रका बाढी पीडित २४ परिवारमध्ये एक एक जनालाई रोजगारी दिने भन्ने थियो । तर, त्यो सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।

महेन्द्रनगर माध्यामिक विद्यालयका अध्यक्ष कृष्णदत्त जोशीले नगरपालिका घाटामा छ भन्ने तर, कर्मचारीहरूबाटै राजश्व चुहावट हुने गरेको बताए ।

रोयल्टीबाट उठेको ४० प्रतिशत रकम ११ नम्बर वडाको जोखिम, न्यूनीकरण तथा विकासमा खर्च हुनुपर्ने उनीहरूको माग छ ।  

उक्त विषयमा छानबिन गरेर दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको थियो । 

gg

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप