सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको कारुनिया गाउँमा आगलागी, ३० लाख भन्दा बढीको क्षति

शुक्रबार, २४ चैत २०७९, १० : १२
शुक्रबार, २४ चैत २०७९

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका १ करुनिया गाउँमा गए राति एकाघरका आगलागी हुँदा ३० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। बिहीबार साँझ एक्कासि करुनीया गाउँका मुन्ना मियाँको घरमा आगलागी भएको थियो। 

आगलागी बाट घरमा रहेको नगद, लत्ताकपडा फर्निचर, धान, गहूँ, मुसुरो, फ्रीजका साथै पक्की भवन निर्माणको लागि तयार अवस्थामा राखिएको सालको झ्याल, ढोका लगायत खरको छाना भएको घर समेत जलेर ३० लाख बराबरको क्षति भएको पीडितले जनाएको छ।  

स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको देवाहि गिनाहिका एकीकृत समाजवादीका मेयर प्रत्याशी धर्मेन्द्र पटेलले बताए । आगलागीको कारण खुल्न नसकेको भए पनि लामखुटे धपाउन बालिएको घुर बाट सल्केर भएको हुनसक्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप