रौतहटको कारुनिया गाउँमा आगलागी, ३० लाख भन्दा बढीको क्षति
शुक्रबार, २४ चैत २०७९, १० : १२
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका १ करुनिया गाउँमा गए राति एकाघरका आगलागी हुँदा ३० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। बिहीबार साँझ एक्कासि करुनीया गाउँका मुन्ना मियाँको घरमा आगलागी भएको थियो।
आगलागी बाट घरमा रहेको नगद, लत्ताकपडा फर्निचर, धान, गहूँ, मुसुरो, फ्रीजका साथै पक्की भवन निर्माणको लागि तयार अवस्थामा राखिएको सालको झ्याल, ढोका लगायत खरको छाना भएको घर समेत जलेर ३० लाख बराबरको क्षति भएको पीडितले जनाएको छ।
स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको देवाहि गिनाहिका एकीकृत समाजवादीका मेयर प्रत्याशी धर्मेन्द्र पटेलले बताए । आगलागीको कारण खुल्न नसकेको भए पनि लामखुटे धपाउन बालिएको घुर बाट सल्केर भएको हुनसक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण