आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

शुक्रबार, २४ चैत २०७९, १६ : ०३
शुक्रबार, २४ चैत २०७९

कोलम्बो । श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताए ।

अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए ।  गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको  श्रीलङ्काको केन्द्रीय बैङ्कले जनाएको छ । 

केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्काको वैदेशिक राजस्वको प्रमुख स्रोत हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप