बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्यायलाई फाष्टट्रयाकबाट टुंग्याउनुपर्छ : सांसद पौडेल

शुक्रबार, २४ चैत २०७९, १६ : ३९
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सङ्क्रमणकालीन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले सङ्क्रमणकालीन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका हुन् ।  

उनले सङ्क्रमणकालीन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताको आन्दोलनबाट स्थापित मूल्य र मान्यताहरुलाई संस्थागत रुपमा टुंग्याउनु सबैको कर्तव्य भएको बताए । उनले सङ्क्रमणकालीन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरुलाई आफू बसेको कुर्सिमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरुको रगतको टाटो छ कि भनेर हेर्न अनुरोध समेत गरे ।  

सांसद पौडेलले इतिहासप्रति सम्मान गर्न सिक्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप