नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक वितरण सुरु
काठमाडौँ । नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षेत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो ।
यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पुर्याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिए । उनका अनुसार आठवटै प्रदेश कार्यालयले एक हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गरिनेछ । वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसक्ने केन्द्रको दाबी छ । यस पटक केन्द्रलाई कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छापेर बिक्री गर्ने जिम्मा दिइएको छ । जसका लागि एक करोड ५० लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । उनले छाप्नुपर्नेमध्ये एक करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको दाबी गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण