लघुकथा : विदेश मोह
“यहाँ के पढाउनु म त छोरालाई बाहिर पठाएँ ।” उदयले फुर्तिलो हुँदै भन्यो ।
“के पढ्न पठाउनु भयो ?” हरिचन्द्रले सोधे ।
“इन्जिनियरिङ पढ्न पठाएँ ।” उदयले भन्यो ।
“मैले पनि इन्जिनियरिङ पढाएँ छोरालाई । मेरो छोरो त यहीँ पढ्छ । खुरुखुरु पास गरेको छ ।” हरिचन्द्रले भन्यो ।
“कहाँको विदेशको पढाइ, कहाँ यहाँको । इन्जिनियर भनेर मात्र हुन्छ ?” उदयले अझ थप्दै गयो ।
...
चार वर्षपछि दुवै इन्जिनियर भए । इन्जिनियरिङ पेसाको इजाजत प्राप्त गर्न यस पटक इन्जिनियरिङ परिषद्ले परीक्षा सञ्चालन गर्यो ।
उदयको छोराले इजाजत पत्र पाउन सकेन तर हरिचन्द्रको छोरा सफल भएर काम गर्ने इजाजत पायो र काम गर्न थाल्यो ।
धेरैपछि एक पटक चिया पसलमा पुनः उदयको र हरिचन्द्रको भेट भयो ।
“बाहिरको पढाइको स्तर यहाँकाले के बुझ्नु । हेर त तिम्रो यहीँ पढेकाको नाम निस्कने, हाम्रो छोराको ननिस्कने हुन्छ त । मैले त बाहिर नै पठाएँ फेरि ।” उदयको फुर्ती उस्तै थियो ।
“हिजो तिम्रो छोराले मेरो छोरासँग रुँदै फोन गर्दै थियो । हैन, तिमीहरूको विदेश मोह कहिलेसम्म हो ? बाहिर बाहिर भनेर तिमीहरूले कुन दिन छोरा छोरीलाई मार्छौ है ।” हरिचन्द्रलाई पनि रिस उठेछ ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण