शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
साहित्य

लघुकथा : विदेश मोह

शनिबार, २५ चैत २०७९, ०७ : ५५
शनिबार, २५ चैत २०७९

“यहाँ के पढाउनु म त छोरालाई बाहिर पठाएँ ।” उदयले फुर्तिलो हुँदै भन्यो । 

“के पढ्न पठाउनु भयो ?” हरिचन्द्रले सोधे । 

“इन्जिनियरिङ पढ्न पठाएँ ।” उदयले भन्यो ।

 “मैले पनि इन्जिनियरिङ पढाएँ छोरालाई । मेरो छोरो त यहीँ पढ्छ । खुरुखुरु पास गरेको छ ।” हरिचन्द्रले भन्यो । 

“कहाँको विदेशको पढाइ, कहाँ यहाँको । इन्जिनियर भनेर मात्र हुन्छ ?” उदयले अझ थप्दै गयो । 

...

चार वर्षपछि दुवै इन्जिनियर भए । इन्जिनियरिङ पेसाको इजाजत प्राप्त गर्न यस पटक इन्जिनियरिङ परिषद्ले परीक्षा सञ्चालन गर्‍यो । 

उदयको छोराले इजाजत पत्र पाउन सकेन तर हरिचन्द्रको छोरा सफल भएर काम गर्ने इजाजत पायो र काम गर्न थाल्यो । 

धेरैपछि एक पटक चिया पसलमा पुनः उदयको र हरिचन्द्रको भेट भयो । 

“बाहिरको पढाइको स्तर यहाँकाले के बुझ्नु । हेर त तिम्रो यहीँ पढेकाको नाम निस्कने, हाम्रो छोराको ननिस्कने हुन्छ त । मैले त बाहिर नै पठाएँ फेरि ।” उदयको फुर्ती उस्तै थियो । 

“हिजो तिम्रो छोराले मेरो छोरासँग रुँदै फोन गर्दै थियो । हैन, तिमीहरूको विदेश मोह कहिलेसम्म हो ? बाहिर बाहिर भनेर तिमीहरूले कुन दिन छोरा छोरीलाई मार्छौ है ।” हरिचन्द्रलाई पनि रिस उठेछ ।

पोखरा–७, मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप