प्रहरीसँगको झडपमा कराँचीमा ३ जनाको मृत्यु
शनिबार, २५ चैत २०७९, १२ : २५
इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ ।
मारिएका अपराधीहरूको पहिचान भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानून प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ । यसैगरी शनिबार बिहानै प्रहरीले शहरका विभिन्न क्षेत्रमा अपरेसन गरी पाँचजना शङ्कास्पदलाई पक्राउ गरेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण