फलफूल आयातमा बाहिरियो ८ अर्ब ६० करोड, सबैभन्दा धेरै स्याउमा
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा फलफूल आयातमा अर्बौ रुपैयाँ बाहिरिएको छ । देशका ६० प्रतिशत जनसङ्ख्या कृषि खेतीमा आबद्ध भए पनि बर्सेनि खर्बौ रुपैयाँ खाद्यान्न लगायत कृषिजन्य वस्तुको आयातमा बाहिरिँदै आएको हो ।
जनगणना २०७८ ले देशका ६० प्रतिशत जनसङ्ख्या कुनै न कुनै प्रकारको खेतीमा संलग्न रहेको देखाउँछ । र, यसबाट कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशतको योगदान रहेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको थियो ।
तर, चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको अवधिमा ८ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै फलफूल आयातमै बाहिरिएको छ । यस अवधिमा स्याउ, केरा, सुन्तला, कागती, किवी, अनार, एभोकाडो, भुइँकटर, अङ्गुर र मेवा लगायतका फलफूल आयातमा मनग्य रकम बाहिरिएको तथ्याङ्क भन्सार विभागमा छ ।
यस अवधिमा नेपालबाट ४ अर्ब ४५ करोड रुपैयाँ स्याउ आयातमै बाहिरिएको छ । जबकि, नेपालका उच्च हिमाली जिल्लामा उत्पादित स्याउले बजार नै नपाउने गरेका छन् । सडक मार्गको पहुँच कम हुनु तथा हवाई माध्यमबाट स्याउ मुख्य बजारसम्म आउँदा महँगो हुनु यसको मुख्य कारण हो ।
यस्तै, केरा आयातमा ४७ करोड ५४ लाख, भुइँकटर आयातमा ९ करोड २० लाख र एभोकाडो आयातमा २ करोड ९६ लाख बाहिरिएको छ । यसबाहेक, अम्बा आयातमा २५ करोड २९ लाख, सुन्तला आयातमा ७२ करोड ९३ लाख, कागती आयातमा ४० करोड ६० लाख रुपैयाँ बाहिरिएको तथ्याङ्क छ ।
तथ्याङ्कअनुसार मिक्स फलफूल आयातमा ३ करोड ५५ लाख रुपैयाँ बाहिरिँदा अङ्गुर आयातमा ९२ करोड ८९ लाख रुपैयाँ, खरबुजा र तरबुजा आयातमा २० करोड २५ लाख, मेवा आयातमा १६ करोड ६७ लाख बाहिरिएको छ ।
यस्तै, नासपाती आयातमा ११ करोड ११ लाख बाहिरिँदा २३ लाखको चेरी आयात भएको छ भने १७ लाखको स्ट्रबेरी, ६ करोड २ लाखको किवी, १२ लाखको ऐसेलु र १ करोड ६६ लाख रुपैयाँको सुकेको आरु आयात भएको छ ।
तर, यस अवधिमा नेपालबाट भने नगण्य मात्रामा फलफूल निर्यात भएको तथ्याङ्कमा छ । नेपालबाट ५१ लाखको केरा, २ करोड ११ लाखको मिक्स फलफूल, २८ लाखको किवी, ९ लाखको आरुबखडा र २७ लाख रुपैयाँको सुकेको स्याउ निर्यात भएको छ । यो सबै रकम जोड्दा मुस्किलले १ करोड रुपैयाँ हुन आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण