रामेछाप कारागारका कैदी बन्दीको उपचारको क्रममा मृत्यु
शनिबार, २५ चैत २०७९, १३ : ५८
रामेछाप । झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघिदेखी कारागारमा रँहदै आएका कैदी बन्दीको मृत्यु भएको हो । रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो ।
उनका अनुसार कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो । उनको शुक्रवार निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण