घरघरमा योग संस्कृतिको विकास गरिनुपर्नेमा सांसद शर्माको जोड
काठमाडौँ । प्रतिनिधिससभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ नारायणी शर्माले घरघरमा योग संस्कृतिको विकास गरिनुपर्ने बताएकी छन् । योगाको बहुआयामिक महत्व रहेको उल्लेख गर्दै शर्माले हरेक नागरिकलाई सुखी बनाउन योगाको भूमिका हुने बताइन् ।
जीवन विज्ञानका ललितपुर जिल्लामा रहेका जीवन विज्ञानका प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएकी छन् ।
गौतमबुद्ध जीवनयोग प्रयोगशााद्वारा ललितपुरको डिलाइट पार्टी भेन्युमा आयोजित उक्त कार्यक्रममा शर्माले योग र आध्यात्मको क्षेत्रमा जीवन विज्ञानले सरहानीय कार्य गरेको समेत टिप्पणी गरिन् ।
एक नारायण काफ्लेको अध्यक्षतमा शनिबार सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता ओम शर्मा, जीवन विज्ञान केन्द्रीय परिषद्का सहसंयोजक रामप्रसाद पन्थी, बागमती प्रदेश संयोजक रेखा कोइराला, सहसंयोजक सुरेन्द्रमान बिजुक्छेलगायतको सहभागिता थियो।
कार्यक्रममा अतिथिहरुलाई कल्याण मित्र रीता न्यौपानेले स्वगत गरेकी थिइन् । कार्यक्रममा सहभागीहरुले योग मानिसका लागि जरुरी रहेको भन्दै यसको महत्व र सान्दर्भिकताका विषयमा प्रकाश पारेका थिए । यस्तै नव वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण