लेखराजको घरमा पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले सचिव लेखराज भट्टको घरमा पुगेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टलाई भेट्न उनकै घरमा पुगेका हुन् ।
भट्ट एमाले प्रवेश गरेपछि दुई नेतावीच यो पहिलो भेटवार्ता हो । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
झण्डै एक वर्षअघि, गत बैशाख ८ गते प्रचण्ड र लेखराज भट्ट धनगढी विमानस्थलमा संयोगले भेट हुँदा सामान्य शिष्टाचार आदान प्रदान र बोलचालसमेत भएको थिएन । दुई नेता एउटै कोठामा हुँदा समेत देख्तै नदेखे झैं चुपचाप बसेका थिए ।
जनयुद्धका बेला प्रचण्डसँग अत्यन्तै निकट भएर काम गरेका थिए भट्टले । तत्कालीन नेकपा विभाजन भएपछि भट्टले एमाले रोजेपछि प्रचण्ड उनीसँग निक्कै चिढिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या