लेखराजको घरमा पुगे प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले सचिव लेखराज भट्टको घरमा पुगेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टलाई भेट्न उनकै घरमा पुगेका हुन् ।
भट्ट एमाले प्रवेश गरेपछि दुई नेतावीच यो पहिलो भेटवार्ता हो । प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
झण्डै एक वर्षअघि, गत बैशाख ८ गते प्रचण्ड र लेखराज भट्ट धनगढी विमानस्थलमा संयोगले भेट हुँदा सामान्य शिष्टाचार आदान प्रदान र बोलचालसमेत भएको थिएन । दुई नेता एउटै कोठामा हुँदा समेत देख्तै नदेखे झैं चुपचाप बसेका थिए ।
जनयुद्धका बेला प्रचण्डसँग अत्यन्तै निकट भएर काम गरेका थिए भट्टले । तत्कालीन नेकपा विभाजन भएपछि भट्टले एमाले रोजेपछि प्रचण्ड उनीसँग निक्कै चिढिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
_KdoDzbZhS1.gif)