प्रधानमन्त्री प्रचण्डले भने– भट्टजीको घरसँग मेराे ४० वर्ष देखिको सम्बन्ध छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान धनगढीको गेटास्थित पूर्वमन्त्री लेखराज भट्टको निवासमा पुगेका छन् ।
भट्ट निवासमा केहीबेर बिताएका प्रधानमन्त्री प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको बताए । उनले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’
प्रधानमन्त्रीले भट्टसँग राजनीतिक विषयमा पनि छलफल भएको बताए । ‘लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भयो’ प्रचण्डले भने ।
भट्ट एमाले प्रवेश गरेपछि दुई नेतावीच यो पहिलो भेटवार्ता हो ।प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
झण्डै एक वर्षअघि गत बैशाख ८ गते प्रचण्ड र लेखराज भट्ट धनगढी विमानस्थलमा संयोगले भेट हुँदा सामान्य शिष्टाचार आदान प्रदान र बोलचालसमेत भएको थिएन । दुई नेता एउटै कोठामा हुँदा समेत देख्तै नदेखे झैं चुपचाप बसेका थिए ।
जनयुद्धका बेला प्रचण्डसँग अत्यन्तै निकट भएर काम गरेका थिए भट्टले । तत्कालीन नेकपा विभाजन भएपछि भट्टले एमाले रोजेपछि प्रचण्ड उनीसँग निक्कै चिढिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण