प्रधानमन्त्री प्रचण्डले भने– भट्टजीको घरसँग मेराे ४० वर्ष देखिको सम्बन्ध छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान धनगढीको गेटास्थित पूर्वमन्त्री लेखराज भट्टको निवासमा पुगेका छन् ।
भट्ट निवासमा केहीबेर बिताएका प्रधानमन्त्री प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखिको सम्बन्ध रहेको बताए । उनले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’
प्रधानमन्त्रीले भट्टसँग राजनीतिक विषयमा पनि छलफल भएको बताए । ‘लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भयो’ प्रचण्डले भने ।
भट्ट एमाले प्रवेश गरेपछि दुई नेतावीच यो पहिलो भेटवार्ता हो ।प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
झण्डै एक वर्षअघि गत बैशाख ८ गते प्रचण्ड र लेखराज भट्ट धनगढी विमानस्थलमा संयोगले भेट हुँदा सामान्य शिष्टाचार आदान प्रदान र बोलचालसमेत भएको थिएन । दुई नेता एउटै कोठामा हुँदा समेत देख्तै नदेखे झैं चुपचाप बसेका थिए ।
जनयुद्धका बेला प्रचण्डसँग अत्यन्तै निकट भएर काम गरेका थिए भट्टले । तत्कालीन नेकपा विभाजन भएपछि भट्टले एमाले रोजेपछि प्रचण्ड उनीसँग निक्कै चिढिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट कार्यान्वयनको अवस्था, अवरोध र समाधान
-
लुम्बिनी सरकार बर्सेनि बजेटको आकार घटाउने दबाबमा
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली