सुदूरपश्चिम विश्वविद्यालयबाट १७९ जना दीक्षित
धनगढी । सुदूरपश्चिम विश्व विद्यालयमा अध्ययनरत १७९ जना दीक्षित भएका छन् ।
विश्वविद्यालय आइतबार आयोजना गरेको तेस्रो दीक्षान्त समारोहकाबीच १७९ जना दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बाट दीक्षित भएका छन् ।
गत असारमा दोस्रो दीक्षान्त गरेको विश्वविद्यालयले एक वर्षमै दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको हो ।
२०६८ मा स्थापना भएको विश्वविद्यालयले २०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको छ । पहिलो पटक २०७४ मा दीक्षान्त समारोह आयोजना गरेको विश्वविद्यालयले कोरोना संक्रमणलगायत कारणले ५ वर्षपछि असारमा दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको थियो । स्नातक र स्नातकोत्तर तहमा ८५५ विद्यार्थीले उत्तीर्ण गरेपनि १७९ ले मात्रै दीक्षित हुनका लागि आवेदन दिएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले आह्वान गरेको समयभित्र थोरै मात्र विद्यार्थीले आवेदन दिएको विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए । पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थी मात्रै दीक्षित हुन पाएको पाठकले जनाए । असारमा पनि १५ सय २३ जनामध्ये २५३ ले मात्रै दीक्षित हुनको लागि आवेदन दिएको बताइएको छ ।
विश्वविद्यालयको केन्द्रीय र आंगिक गरी १६ क्याम्पसमा करिब १५ हजार विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले इन्जिनियरिङसँगै कृषि, कानुनलगायतका विषयमा समेत अध्यापन गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण