बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालयबाट १७९ जना दीक्षित

आइतबार, २६ चैत २०७९, १५ : ३१
आइतबार, २६ चैत २०७९

धनगढी । सुदूरपश्चिम विश्व विद्यालयमा अध्ययनरत १७९ जना दीक्षित भएका छन् ।

विश्वविद्यालय आइतबार आयोजना गरेको तेस्रो दीक्षान्त समारोहकाबीच १७९ जना दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बाट दीक्षित भएका छन् ।

गत असारमा दोस्रो दीक्षान्त गरेको विश्वविद्यालयले एक वर्षमै दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको हो ।

२०६८ मा स्थापना भएको विश्वविद्यालयले २०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको छ । पहिलो पटक २०७४ मा दीक्षान्त समारोह आयोजना गरेको विश्वविद्यालयले कोरोना संक्रमणलगायत कारणले ५ वर्षपछि असारमा दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको थियो । स्नातक र स्नातकोत्तर तहमा ८५५ विद्यार्थीले उत्तीर्ण गरेपनि १७९ ले मात्रै दीक्षित हुनका लागि आवेदन दिएका थिए ।

FWU convocation2

परीक्षा नियन्त्रण कार्यालयले आह्वान गरेको समयभित्र थोरै मात्र विद्यार्थीले आवेदन दिएको विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए । पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थी मात्रै दीक्षित हुन पाएको पाठकले जनाए । असारमा पनि १५ सय २३ जनामध्ये २५३ ले मात्रै दीक्षित हुनको लागि आवेदन दिएको बताइएको छ ।

विश्वविद्यालयको केन्द्रीय र आंगिक गरी १६ क्याम्पसमा करिब १५ हजार विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले इन्जिनियरिङसँगै कृषि, कानुनलगायतका विषयमा समेत अध्यापन गराउँदै आएको छ । 

FWU convocation3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप