स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह
काठमाडौँ । सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरे ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दैनिक ४० जना भन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गरे । उनले भीडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोनाबाट बच्नको लागि कोभिड १९ विरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरे ।
सहायक प्रवक्ता अधिकारीले पछिल्लो समय बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरुलाई आवश्यक निर्देशन दिइसकेको पनि बताए । उनले सरकारले संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा बिस्तार गर्नेगरी निर्देशन दिइसकेको बताए । उनले कोभिड १९ विरुद्धको खोप नलगाएकाहरुले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि बताए । उनले छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण