बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

रौतहटमा भीषण आगलागी : २१ घरमा क्षति

आइतबार, २६ चैत २०७९, १९ : २०
आइतबार, २६ चैत २०७९

रौतहट । रौतहटमा आइतबार भएको आगलागीमा कम्तिमा २१ वटा घरमा क्षति पुगेको छ । दिउँसो करिब साढे २ बजेदेखि माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुर टोलमा स्थानीय जिउत मुखियाको घरबाट आगलागी सुरु भएको थियो ।

उक्त आगलागीमा २ वटा बाख्रा र एउटा खसी जली मृत्यु भएको छ भने एक जना बालिकालाई आगोको रापले हातमा पोली सामान्य घाइते भएकी छिन् । आगलागीमा परेर अन्न, लत्ताकपडा, नगद तथा गरगहना जलेर नष्ट भएको  छ।आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो निभाउने कार्य भएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप