प्रचण्ड र लेखराज भेट आकस्मिक कि योजनाबद्ध ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमालेका सचिव लेखराज भट्टलाई भेटेका छन् । आइतबार दिउँसो प्रचण्ड भट्ट निवास धनगढी पुगेर उनलाई भेटेका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहको कार्यक्रममा जाने सिलसिलामा प्रचण्डले भट्टकै घरमा पुगेर भेटेका छन् । तत्कालीन माओवादी जनयुद्धमा लामो समय सहकार्य गरेका दुई नेताबीचको भेटले निक्कै चर्चा पाएको छ । प्रचण्डले भट्टको घरमा पुगेर यो घरमा मेरो ४० वर्षदेखि सम्बन्ध भएकाले याद आएर भेटेको प्रष्टीकरण दिएका छन् ।
‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ । जहाँ मैले खाने बस्ने गर्थे । त्यसैले यो घर मेरोपनि हो भन्ने लागेर यहाँ आएको हो’ भेटपछि प्रचण्डले भने, ‘बाँकी कुरा लेखराज जी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने भइहाल्यो ।’
तर, प्रचण्डले भने जस्तो सामान्य रूपमा याद आएर उनले भेटेका होइन । शनिबार बेलुका प्रचण्डले लेखराजसँग फोनमा कुराकानी समेत गरेको सुदूरपश्चिम प्रदेशका एक माओवादी नेताले बताए । प्रचण्ड लेखराजबीच फोन सम्पर्क भएपछि आइतबार उनको निवास पुगेका हुन् ।
‘प्रधानमन्त्री ज्यू र लेखराज जीबीच फोन सम्पर्क के बोलचाल समेत थिए । हामी फोन सम्पर्क गराएर भेटघाट गराउनसम्म सफल भयौं’ माओवादी एक नेताले भने, ‘उहाँ(लेखराज) एमालेमा सन्तुष्ट हुनुहुन्न । हामीलाई लेखराजजी जस्तो अभिभावक चाहिएको छ ।’
माओवादी सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबाट पार्टी बलियो हुन नसकेपछि लेखराजसँग संवाद अघि बढाएको ती नेताले बताए । ‘हामीले धेरै कुरा बाहिर भन्न मिल्दैन । बाहिरभन्दा धेरै कुरा बिग्रन्छ’ ती नेताले भने, ‘सबै कुरा मिल्दै गएमा लेखराज जीसहित अरू साथीहरू एक ठाउँमा आउने स्थिति बन्नसक्छ ।’
तर, सबै संवाद परिपक्व भई नसकेकाले खोल्न नमिल्ने ती नेताले बताए । माओवादीबाट एमाले प्रवेश गरेका अधिकांश नेता कार्यकार्यकर्ता सन्तुष्ट छैनन् । पछिल्लो समय जनयुद्धलाई घृणा गर्नेगरी एमाले अध्यक्ष केपी ओलीले हिंसा रूपमा व्याख्या गर्न थालेपछि पूर्व माओवादी नेताहरू चिढिएका छन् । एमालेमा पूर्व माओवादीको स्थान समेत नभएर खुम्चिँदै गएपछि कमजोर भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण