गौरको होटलमा प्रहरीको छापा, दुई यौनकर्मीसहित पाँचजना पक्राउ
रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा ब्युटी पार्लर यौन व्यवसाय हुने गरेको खुलासा भएको दुई दिन पनि नबित्दै फेरि एउटा होटलमा पनि यौन व्यवसाय हुने गरेको तथ्य सार्वजनिक भएको छ।
आइतबार गौर बसपार्कस्थित रोयल इन्दु होटेलमा प्रहरीले छापा मारेर यौन व्यवसाय गरेको आरोपमा सञ्चालिकासहित ५ जनालाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरीले होटेलमा छापा मारेको थियो। प्रहरीले होटलबाट दुई जना पुरुष, दुई जना महिला र होटल सञ्चालिकासहित ५ जनालाई पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखिएको छ । रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले घटनाको अनुसन्धानपछि मुद्दा प्रक्रियामा जाने बताए ।
यसअघि गौरनगरपालिका–१ गुदरी बजार जाने बाटोमा सञ्चालनमा रहेको साहीबा ब्युटिपार्लर तथा कोल्डस्टोरमा शुक्रबार दिउँसो प्रहरीले छापा मारेर एकजना यौनकर्मी महिला, राजपुर नगरपालिका–१ घर भएका एकजना पुरुष ग्राहक र सञ्चालिका महिलालाई नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण