सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन सद्भावनादूतको नियुक्ति खारेज

आइतबार, २६ चैत २०७९, २१ : ०९
आइतबार, २६ चैत २०७९

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावनादूतको नियुक्ति खारेज गरिएको हो ।

पर्यटनमन्त्री सुदन किरातीका अनुसार ‘पर्यटन प्रर्वद्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृति गर्दै प्रक्रिया पूरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी बहाल रहेका सबै सद्भावनादूत खारेज गरिएको छ ।

कार्यविधि नबन्दै यसअघि विभिन्न मुलुकका लागि पर्यटन सद्भावनादूत तोकिएको थियो । अवैतनिक सद्भावना दूतहरुको रुपमा हुनेभएकाले विभिन्न लाभ र स्वार्थबाट प्रेरित नभई पारदर्शी ढङ्गले भूमिका निर्वाह होस् भन्ने हेतुले व्यवस्थित गर्न लागिएको मन्त्रालयले जनाएको छ  । 

मन्त्रालयले ‘सद्भावनादूत’ भन्ने स्थानमा ‘पर्यटन प्रवर्द्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको हो । यसैगरी, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप