पर्यटन सद्भावनादूतको नियुक्ति खारेज
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावनादूतको नियुक्ति खारेज गरिएको हो ।
पर्यटनमन्त्री सुदन किरातीका अनुसार ‘पर्यटन प्रर्वद्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृति गर्दै प्रक्रिया पूरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी बहाल रहेका सबै सद्भावनादूत खारेज गरिएको छ ।
कार्यविधि नबन्दै यसअघि विभिन्न मुलुकका लागि पर्यटन सद्भावनादूत तोकिएको थियो । अवैतनिक सद्भावना दूतहरुको रुपमा हुनेभएकाले विभिन्न लाभ र स्वार्थबाट प्रेरित नभई पारदर्शी ढङ्गले भूमिका निर्वाह होस् भन्ने हेतुले व्यवस्थित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ‘सद्भावनादूत’ भन्ने स्थानमा ‘पर्यटन प्रवर्द्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको हो । यसैगरी, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण