कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेको हो । सोमबार नै समर्थन फिर्ता लिने तयारी गरिएको एमालेका एक सांसदले रातोपाटीलाई जानकारी दिए ।
१० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि विश्वासको मत दिएको एमालेले समर्थन फिर्ता लिन लागेको हो ।
चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले एमाले सरकारबाट अलग भएको हो । निवर्तमान मन्त्री एवं एमाले सांसद टेकराज पछाईले दलको बैठक बसिरहेकाले अबको केही समयभित्र नै आधिकारिक निर्णय आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण