शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याजी पीडितको समस्या समाधानबारे संसदलाई जानकारी गराउन सरकारसँग माग

सोमबार, २७ चैत २०७९, १४ : १८
सोमबार, २७ चैत २०७९

काठमाडौँ । राष्ट्रियसभाका नेकपा (एमाले) की सांसद डा.विमला राई पौडेलले मिटरब्याजी पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छन् । मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाई छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाई भएजस्तो नलागेको पनि बताइन् ।

सांसद पौडेलले भनिन्, ‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याजी पीडितहरु काठमाडौँमा आउनुभयो । धर्ना बस्नुभयो । सरकारलाई दुःख पनि देखाउनुभयो । सांसदहरुसँग पनि भेटनु भयो । हामीले संसदमा कुरा पनि उठायौं । वार्ता समिति बन्यो । अब के भयो ? हामी कहाँ छौं ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटी भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’ सांसद पौडेलले मिटरब्याजी पीडितहरुको दुःखमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप