चीनमा एक चर्चित वकिलसमेत दुई मानवअधिकार कार्यकर्तालाई सजाय
सोमबार, २७ चैत २०७९, १६ : ३८
चीनका दुई हाई प्रोफाइल मानवअधिकार कार्यकर्तालाई जेल सजाय सुनाइएको छ । यी दुई कार्यकर्ता सरकारमा पारदर्शिता ल्याउन र नागरिक अधिकारका लागि आन्दोलन गर्ने गर्छन् ।
यीमध्ये एक कार्यकर्तालाई १२ वर्षको र अर्कोलाई १४ वर्षको सजाय सुनाइएको छ ।
शु जियाङ एक चर्चित मानवअधिकार वकिल हुन् र डिङ जियक्सी एक सामाजिक कार्यकर्ता हुन् । अघिल्लो वर्ष जूनमा बन्द ढोकाभित्र भएको सुनुवाइमा उनीहरूलाई दोषी पाइएको थियो ।
दुवैले न्यु सिटिजन मुभमेन्ट नामको एक सङ्गठन बनाएका थिए । यस अन्तर्गत उनीहरू सरकारी अधिकारीसँग सम्पत्तिको जानकारी साझा गर्ने मागसमेत थुप्रै मुद्दा उठाउने गर्छन् ।
दुवै कार्यकर्ताले आफूमाथि प्रताडित गरिएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण