बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा एक चर्चित वकिलसमेत दुई मानवअधिकार कार्यकर्तालाई सजाय

सोमबार, २७ चैत २०७९, १६ : ३८
सोमबार, २७ चैत २०७९

चीनका दुई हाई प्रोफाइल मानवअधिकार कार्यकर्तालाई जेल सजाय सुनाइएको छ । यी दुई कार्यकर्ता सरकारमा पारदर्शिता ल्याउन र नागरिक अधिकारका लागि आन्दोलन गर्ने गर्छन् ।

यीमध्ये एक कार्यकर्तालाई १२ वर्षको र अर्कोलाई १४ वर्षको सजाय सुनाइएको छ ।

शु जियाङ एक चर्चित मानवअधिकार वकिल हुन् र डिङ जियक्सी एक सामाजिक कार्यकर्ता हुन् । अघिल्लो वर्ष जूनमा बन्द ढोकाभित्र भएको सुनुवाइमा उनीहरूलाई दोषी पाइएको थियो ।

दुवैले न्यु सिटिजन मुभमेन्ट नामको एक सङ्गठन बनाएका थिए । यस अन्तर्गत उनीहरू सरकारी अधिकारीसँग सम्पत्तिको जानकारी साझा गर्ने मागसमेत थुप्रै मुद्दा उठाउने गर्छन् ।

दुवै कार्यकर्ताले आफूमाथि प्रताडित गरिएको दाबी गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप