आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धबाबा सुरुङ मार्गको काम छिट्टै हुन्छ : मन्त्री ज्वाला

सोमबार, २७ चैत २०७९, २१ : ५९
सोमबार, २७ चैत २०७९

बुटवल । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङ मार्गको निर्माणका लागि ठेक्का भइसकेको र छिट्टै निर्माणको काम सुरु हुने बताएका छन् । 

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सिद्धबाबा सुरुङ मार्ग क्षेत्रको सोमबार अवलोकन गर्दै मन्त्री ज्वालाले निर्माण कम्पनी, मन्त्रालय सम्बद्ध कर्मचारीसँग छलफल गरेर योजनाको  छिटोभन्दा छिटो काम अगाडि बढाउने गरी सहजीकरण गर्ने बताए ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सुरुङ मार्ग क्षेत्रको सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गरेका छन् । उनले आफू मन्त्री भएपछि पहिलो पटक आयोजनाको जानकारी लिन निरीक्षणमा आएको भन्दै गुणस्तरीय रूपमा काम गर्न निर्देशन दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले शिद्धबाबा सुरुङ मार्ग स्वीस सरकारका विज्ञको सहयोगमा डिजाइन गरिएको र यो इपिसीका आधारमा निर्माण हुने भएकाले डिजाइनमा कुनै समस्या भए निर्माण व्यवसायी नै जिम्मेवार हुने बताए । डिजाइनलगायत कुनै पनि समस्या देखाएर पन्छिन नपाउने निर्माण कम्पनीले निर्माणस्थलको सम्पूर्ण अवस्था हेरेर डिजाइन गर्ने भएकाले खासै जोखिम नभएको बताए । 

सुरुङ मार्गको काम सुरु अघि पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारले काम गरिरहेका छन् ।

सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि रु सात अर्ब ३४ करोड २१ लाख चार हजार चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । 

हाल बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ एक हजार एक सय २६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युत्को ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायत पूर्वतयारीका काम भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप