अवैध ४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
मङ्गलबार, २८ चैत २०७९, ०७ : ०७

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी करिब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्ने स्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानी स्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक निर्णायक उपलब्धि सावित हुने प्रचण्डको विश्वास
-
रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
-
आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने