सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । छलफलमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । तीन नेताहरूबीच सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
यसअघि चैत २५ पनि सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच छलफल भए पनि सहमति हुन सकेको थिएन । सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठकमा सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
_WpaNPeKJyQ.jpg)
_LtxbuXGwnv.jpg)
_Vpcwc7VPeV.jpg)
_9VWPWqhzdX.jpg)