रास्वपाले लियो ढाकाकुमारसँग एक घण्टा बयान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ । रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो ।
श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले भने, ‘ ढाकाकुमार श्रेष्ठको आज बयान दिने काम भएको छ । पार्टी कार्यालयमा हामीले एक घण्टा बयान लियौं ।’
बयानका क्रममा पनि सांसद श्रेष्ठले प्रस्टीकरणमै उल्लेख गरेको कुरा दोहो¥याएको देवकोटाले रातोपाटीलाई बताए ।
सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।
देवकोटाले भने, ‘बयानमा पनि प्रस्टीकरणकै कुरा दोहो¥याउनु भएको छ । हामीले भोलि बिहान रिपोर्ट तयार पर्छौँ ।’
यस घटनामाथि छानबिन सकेर अनुशासन समितिले पार्टीको केन्द्रीय समितिलाई सुझाउने उनले बताए । समितिको सुझावलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार केन्द्रीय समितिलाई नै रहेका देवकोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण