माधव नारायणका अग्निपीडितलाई सहयोग
रौतहट । रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा, मानपुरका अग्निपीडितलाई विभिन्न दाता तथा संस्थाहरुले सहयोग गरिरहेका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले व्यक्तिगत रूपमा पाँच हजार रुपैयाँका दरले प्रत्येक पीडित परिवारलाई सहयोग गरेका छन् । त्यस्तै माधव नारायण नगर प्रमुख बैजु प्रसाद यादवले अग्निपीडित परिवारलाई कपडा, भाँडा, त्रिपाल, खाद्यान सामग्री तथा केही नगद समेत सहयोग गरेका छन् ।
घटना लगत्तै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा, एसपी वीरबहादुर बुढामगर, नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापति राजकिशोर यादव, गौर नगर प्रमुख शम्भु साह सहितको टोली पुगेर खाद्यान्न लगायत विभिन्न बन्दोबस्तीका सामान सहयोग गरेको स्थानीय समाजदेवी पारस भण्डारीले जानकारी दिए ।
गत आइतबार दिउँसो २ बजे स्थानीय जिउत मुखियाको घरमा खाजा बनाउन बालिएको चुल्होबाट आगो सल्किएर आगलागी हुँदा खपडा तथा खरको छाना भएको २१ वटा घर जलेर नष्ट भएका थिए । आगलागी पीडितहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण