च्याम्पियन्स लिग : बेनफिकाविरुद्ध इन्टरलाई अग्रता

लिसबन । रोमेलु लुकाकुले ८२ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि इटालियन महारथि इन्टर मिलानले च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बेन्फिकालाई पराजित गरेको छ । अवे खेलमा २–० को जीत हासिल गर्दै इन्टरले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै निकोलो बरेलाले इन्टरलाई हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । इन्टरले उत्कृष्ट डिफेन्सको नमुना प्रदर्शन गर्दा बेन्फिकाले आफ्नो घरेलु मैदानमा लय समात्न सकेन ।
खेलको अन्त्यतिर जोआओ मारियोले ह्यान्ड गरेपछि इन्टरले पेनाल्टी पायो । जसलाई लुकाकुले सजिलै गोलमा परिणत गरे । अब १९ अप्रिलमा आफ्नो घरेलु मैदानमा हुने खेलमा सिमोन इन्झागीको टोली सेमिफाइनलमा सहज प्रवेश गर्ने आशामा रहनेछ । यसअघि इन्टर पछिल्ला ६ खेलमा जीतविहीन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो