च्याम्पियन्स लिग : बेनफिकाविरुद्ध इन्टरलाई अग्रता
लिसबन । रोमेलु लुकाकुले ८२ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि इटालियन महारथि इन्टर मिलानले च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बेन्फिकालाई पराजित गरेको छ । अवे खेलमा २–० को जीत हासिल गर्दै इन्टरले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै निकोलो बरेलाले इन्टरलाई हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । इन्टरले उत्कृष्ट डिफेन्सको नमुना प्रदर्शन गर्दा बेन्फिकाले आफ्नो घरेलु मैदानमा लय समात्न सकेन ।
खेलको अन्त्यतिर जोआओ मारियोले ह्यान्ड गरेपछि इन्टरले पेनाल्टी पायो । जसलाई लुकाकुले सजिलै गोलमा परिणत गरे । अब १९ अप्रिलमा आफ्नो घरेलु मैदानमा हुने खेलमा सिमोन इन्झागीको टोली सेमिफाइनलमा सहज प्रवेश गर्ने आशामा रहनेछ । यसअघि इन्टर पछिल्ला ६ खेलमा जीतविहीन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण