अब प्रत्येक महिना बक्सअफिस सार्वजनिक हुन्छ–भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अव प्रत्येक महिना बक्सअफिस रिपोट सार्वजनिक हुने बताएका छन् ।
फिल्मको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको उनले बताएका हुन् ।
चलचित्र कलाकार संघले बुधबार राजधानीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदानसहित धन्यवाद तथा बधाई कार्यक्रममा पुगेका केसीले रातोपाटीसँग कुरा गर्दै आगामी महिनाबाटै बक्स अफिस नियमित सार्वजनिक हुने बताए ।
‘हामी चलचित्र उद्योग भएन भन्छौ । तर चलचित्रको तर्फबाट राज्यका लागि दिनुपर्ने योगदान (ट्याक्स लगायत) तिर्न बहाना बनाउँछौ’ केसीले भने ‘बक्सअफिस नियमित गर्छाै र योगदान पनि दिन लगाउँछौँ ।’
बोर्डले मंगलबार वर्ष २०७९ मा सार्वजनिक प्रदर्शनमा आएका १३२ फिल्मको बक्सअफिस सार्वजनिक गरेको थियो । उक्त रिपोर्ट सार्वजनिक भएपछि बोर्ड तथा अध्यक्ष केसीको विरोध सुरु भएको छ ।
कतिपयले बक्सअफिसको रिपोटसँग आफ्नो फिल्मको व्यवसाय रिपोट नमिलेको समेत आरोप लगाएका छन् । अध्यक्ष केसीले आफूले सार्वजनिक गरेको बक्सअफिस रिपोट सही भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहन बस्नेतको सांसद पद निलम्बन
-
स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ
-
क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल
-
मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा
-
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह
-
बेनफिकाका स्पेनिस खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड