अब प्रत्येक महिना बक्सअफिस सार्वजनिक हुन्छ–भुवन केसी
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अव प्रत्येक महिना बक्सअफिस रिपोट सार्वजनिक हुने बताएका छन् ।
फिल्मको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको उनले बताएका हुन् ।
चलचित्र कलाकार संघले बुधबार राजधानीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदानसहित धन्यवाद तथा बधाई कार्यक्रममा पुगेका केसीले रातोपाटीसँग कुरा गर्दै आगामी महिनाबाटै बक्स अफिस नियमित सार्वजनिक हुने बताए ।
‘हामी चलचित्र उद्योग भएन भन्छौ । तर चलचित्रको तर्फबाट राज्यका लागि दिनुपर्ने योगदान (ट्याक्स लगायत) तिर्न बहाना बनाउँछौ’ केसीले भने ‘बक्सअफिस नियमित गर्छाै र योगदान पनि दिन लगाउँछौँ ।’
बोर्डले मंगलबार वर्ष २०७९ मा सार्वजनिक प्रदर्शनमा आएका १३२ फिल्मको बक्सअफिस सार्वजनिक गरेको थियो । उक्त रिपोर्ट सार्वजनिक भएपछि बोर्ड तथा अध्यक्ष केसीको विरोध सुरु भएको छ ।
कतिपयले बक्सअफिसको रिपोटसँग आफ्नो फिल्मको व्यवसाय रिपोट नमिलेको समेत आरोप लगाएका छन् । अध्यक्ष केसीले आफूले सार्वजनिक गरेको बक्सअफिस रिपोट सही भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण