आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कलाकारलाई नवल खड्काको चुनौती–स्टारडममा विश्वास भए पार्टनरसिप बस्नुस्

बुधबार, २९ चैत २०७९, १५ : १५
बुधबार, २९ चैत २०७९

काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले कलाकारले पारिश्रमिक अत्याधिक बढाएको कारण फिल्म निर्माणमा समस्या पर्दै गएको बताएका छन् । 

‘अहिले कलाकार  पारिश्रमिक ६०, ७० लाख भन्छन् । त्यत्रो किन भन्यो भने स्टारडमको कुरा गर्छन्’, अध्यक्ष खड्काले भने ‘पार्टनरसिपमा बसे कलाकारले भने जति पारिश्रमिक दिन तयार छौ ।’ उनले कलाकारलाई स्टारडममा विस्वास भए पार्टनरसिपमा बस्न चुनौती समेत दिए ।

बुधबार चलचित्र कलाकार संघले राजधानीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदानसहित धन्यवाद तथा बधाई कार्यक्रममा अध्यक्ष खड्काले चलचित्रकर्मीले तयार पारेको ‘चलचित्र मस्यौदा’ सरकारबाट लागु भए चलचित्र क्षेत्रको समस्या त्यसै हल हुने धारणा समेत राखे ।

चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी फुटेरभन्दा पनि जुटेर अगाडी बढ्नुपर्ने धारणा राखे । 

कार्यक्रममा चलचित्रकर्मी तथा प्रदेश सांसद रोज राणा, मधुकुमार श्रेष्ठ, कलाकार कृष्ण मल्ल, बोर्डका पूर्व अध्यक्ष भुवन केसी, कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्का,  संगीतकर्मी संघका अध्यक्ष चेतन सापकोटा, बसुन्धरा भुषाल लगायले ‘चलचित्र मस्यौदा’ छिटो भन्दा छिटो लागु हुनुपर्ने जोड दिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ, निर्माता संघ, निर्देशक समाज, चलचित्र प्राविधि संघ, नृत्यकार संघका नव–नियुक्त कार्यसमिति तथा चलचित्र विकास बोर्ड तथा सेन्सर बोर्डका नव–नियुक्त सदस्यहरुलाई कलाकार संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा सबै संस्थालाई एकजुट भएर अगाडि बढ्ने सन्देश दिन कार्यक्रम आयोजना गरेको बताए । उनले यस्ता कार्यक्रमले सबै संघ संस्थालाई एक ढिक्को भएर अगाडि बढ्न मद्दत मिल्ने धारणा राखे । 

कार्यक्रममा कलाकार संघले नयाँ वर्षको क्यालेन्डर समेत सार्वजनिक गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप