आऊ नव वर्ष तिमी
आऊ नव वर्ष तिमी,
देशमा सुख र शान्तिको
कामना लिएर आऊ
सबै नेपालीको मनमा
हर्ष र उमङ्ग लिएर आऊ
सुस्वास्थ्यको कामना लिएर आऊ
भाईचाराको सन्देश लिएर बोकेर आऊ
लक्ष्मीको बास होस् भन्ने
आशिष लिएर आऊ
मुखमा सरस्वतीको बास होस् भन्ने
आशिष लिएर आऊ
सबैको आधारभूत आवश्यकता
परिपूर्ति होस् भन्ने कामना लिएर आऊ
सबैसँग सुमधुर सम्बन्ध होस् भन्ने
कामना लिएर आऊ
सबैमा निस्वार्थको भावना होस् भन्ने
कामना लिएर आऊ
सबै नेपालीमा आफ्नो देशप्रति माया र मोह
सदैव होस् भन्ने कामना लिएर आऊ
सबै नेताहरुमा सद्बुद्धि पलाओस् भन्ने
कामना लिएर आऊ
नेताहरु बीचको बैमनष्यता
सधैँको लागि अन्त होस् भन्ने
कामना लिएर आऊ
देशमा सधैँको लागि
राजनैतिक स्थिरता होस् भन्ने
कामना लिएर आऊ
विश्वमा शान्ति र भातृत्वको
सन्देश बोकेर आऊ
आऊ नव वर्ष तिमी,
विश्वको सर्वोच्च शिखर
सगरमाथाको चुचुरोबाट
शान्तिको विगुल फुकेर आऊ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण