मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्यो
काठमाडौं । डिजिटल बैंकिङ प्रणालीको प्रयोग तथा उपभोग बढ्दै गएका बेला पहिलोपटक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो महिनाको तुलनामा फागुन मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ५ लाख ११ हजारले घटेको हो । पुस मसान्तसम्म यस्तो मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या २ करोड ३६ हजार ५२४ रहेको थियो । तर, एक महिनापछि अर्थात् फागुन मसान्तमा आइपुग्दा यस्तो संख्या घटेर १ करोड ९५ लाख २५ हजार ३५७ मा झरेको हो ।
यद्यपि, यता मोबाइल बैंकिङ कारोबार भने १९ अर्ब ७० करोड ५० लाख रुपैयाँले बढेर समीक्षा अवधिमा कूल १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबरको ट्रान्सेक्सन भएको बैंकले जनाएको छ । अघिल्लो महिना यस्तो कारोबार १ खर्ब ७२ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ, डेभिट (एटीएम) कार्डमार्फत ८५ अर्ब १४ करोड १० लाख रुपैयाँ, क्रेडिट कार्डमार्फत १ अर्ब ४१ करोड २० लाख रुपैयाँ कारोबार भएको छ । यता विभिन्न किसिमका भूक्तानीका साधन, वालेटहरुबाट भने समीक्षा अवधिमा १८ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण