मर्जरमा जाने सहकारीलाई काठमाडौँ महानगरपालिकाले २ वर्षको कर छुट दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संघ–संस्थालाई मर्जरका लागि प्रोत्साहन गर्ने भएको छ । आवश्यकताभन्दा बढी संख्यामा सहकारी संघ-संस्थाहरु खुल्दा जोखिमसँगै क्षमतामा समेत ह्रास आएको निष्कर्ष निकाल्दै महानगरपालिकाले मर्जरमा जाने सहकारी संघ–संस्थालाई प्रोत्साहन गर्ने भएको हो ।
काठमाडौँ महानगरपालिका सहकारी विभागले मर्जरमा जाने सहकारी संघ-संस्थालाई दुई वर्षसम्मको व्यवसायिक आयकर छुट दिने जनाएको छ । महानगरको सहकारी विभागका उपनिर्देशक विमला कोइरालाले एकिकरण (मर्जर) मा जाने सहकारीलाई मर्जर भएको आर्थिक वर्ष र लगत्तै २ वर्षको व्यवसाय कर छुट दिने जानकारी दिइन् ।
सँगै महानगरपालिका भित्रका सहकारीको क्षमता वृद्धि एवम् उत्पादनमा केन्द्रित गर्न महानगरले महिला सहकारीलाई वडामा व्यवसाय दर्ता गर्दा कर छुट दिने व्यवस्था समेत मिलाइएको जानकारी दिइन् । हाल काठमाडौँ महानगरको क्षेत्राधिकारभित्र १९५५ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । जसमध्ये अधिकतम ८३.२७ प्रतिशत अर्थात् १६२८ वटा बचत तथा ऋणको काम गर्ने सहकारी रहेका छन् ।
यस्तै, २६४ वटा बहुउद्देश्यीय सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सीपमुलक, शिक्षा, सञ्चार, श्रमिक, पर्यटन, साझा, चिया र अन्य ५ वटा सहकारी रहेका छन् । झण्डै २ हजारवटा सहकारी महानगरभित्र रहेपनि मुस्किलले १० प्रतिशतले मात्र विषयगत काम गर्ने गरेको तर ९० प्रतिशतले नाम एउटा भएपनि काम भने बचत तथा ऋण सहकारीकै गर्ने गरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण