शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपाले समानुपातिक सांसदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्ने

बुधबार, २९ चैत २०७९, २३ : ५९
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो । 

पार्टी सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको जानकारी दिए ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको छ ।

काशंकार आदिवासी जनजाति क्लस्टरबाट सांसद बन्नेछिन् । श्रेष्ठ पनि यही क्लस्टरबाट सांसद बनेका थिए ।

 मकवानपुरकी कंसाकार एसिड आक्रमणकी पीडित हुन् । उनीमाथि २०७० वैशाखमा एक भारतीय नागरिकले एसिड आक्रमण गरेका थिए । घटनाको ६ वर्षपछि पीडक पक्राउ परेका थिए ।

कंसाकार केही अघि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप