रास्वपाले समानुपातिक सांसदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।
बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको जानकारी दिए ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको छ ।
काशंकार आदिवासी जनजाति क्लस्टरबाट सांसद बन्नेछिन् । श्रेष्ठ पनि यही क्लस्टरबाट सांसद बनेका थिए ।
मकवानपुरकी कंसाकार एसिड आक्रमणकी पीडित हुन् । उनीमाथि २०७० वैशाखमा एक भारतीय नागरिकले एसिड आक्रमण गरेका थिए । घटनाको ६ वर्षपछि पीडक पक्राउ परेका थिए ।
कंसाकार केही अघि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण