गढीमाईको बलीबारे रविले भने–मैले त्यो शब्द प्रयोग नगरेको भए हुन्थ्यो...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले गढीमाईमा बलि दिन तयार छु भनेर बोलेको शब्दबारे आफूलाई अहिले त्यो नबोलेको भए हुने महसुस भएको जवाफ दिएका छन् ।
बुधबार पार्टी बैठकपछि पत्रकारले बलि दिन तयार छु भनेर दिएको अभिव्यक्तिबारे प्रश्न गर्दा उनले आफूले त्यो शब्द प्रयोग नगरेको भए हुने महसुस गरेको बताएका हुन् । तर गढीमाईको बलिबारेको प्रशंगमा आफूले जस्तोसुकै सजाय दिएपनि भोग्न तयार छु भनेर भन्न खोजिएको स्पष्टीकरण दिए ।
‘मलाई स्ट्मि सजाय दिएपनि भोग्न तयार छु । हामी मलाई मारे पनि हुन्छ भनेर कसम खान्छौं नि तर मार्न त पाइँदैन नि । तैपनि बोलीचालीमा भनिन्छ’, उनले भने, ‘गढीमाई भएकाले त्यहाँ वली हुने भएकाले त्यो प्रशंग जोडेर भनिएको हो ।’
तर उनले त्यो शब्द प्रयोग नगरेको भए हुने आफूलाई लागेको पनि बताए । ‘तर मैले त्यो वर्ड नबोलेको भए राम्रो हुन्थ्यो । मेरो इन्टेन्सन म कुनैपनि कडा सजाय लिन तयार छु भनेको हो । यदि गलत हो भने टोलरेट गर्दिन भनेको हो’, लामिछानेको भनाइ छ । लामिछानेले डा। ढाकाकुमारको अडियो सार्वजनिक भएपछि दोषीलाई कारबाही नगरे आफू नै बलि चढ्न पछि नपर्ने अभिव्यक्ति दिएका थिए ।
उनले त्यो शब्द प्रयोग भएकोमा दुःख लागेको भन्दै इन्टेन्सन चाही त्यही राखेर शब्द फिर्ता लिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण