आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गढीमाईको बलीबारे रविले भने–मैले त्यो शब्द प्रयोग नगरेको भए हुन्थ्यो...

बुधबार, २९ चैत २०७९, २० : २८
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले गढीमाईमा बलि दिन तयार छु भनेर बोलेको शब्दबारे आफूलाई अहिले त्यो नबोलेको भए हुने महसुस भएको जवाफ दिएका छन् । 

बुधबार पार्टी बैठकपछि पत्रकारले बलि दिन तयार छु भनेर दिएको अभिव्यक्तिबारे प्रश्न गर्दा उनले आफूले त्यो शब्द प्रयोग नगरेको भए हुने महसुस गरेको बताएका हुन् । तर गढीमाईको बलिबारेको प्रशंगमा आफूले जस्तोसुकै सजाय दिएपनि भोग्न तयार छु भनेर भन्न खोजिएको स्पष्टीकरण दिए । 

‘मलाई स्ट्मि सजाय दिएपनि भोग्न तयार छु । हामी मलाई मारे पनि हुन्छ भनेर कसम खान्छौं नि तर मार्न त पाइँदैन नि । तैपनि बोलीचालीमा भनिन्छ’, उनले भने, ‘गढीमाई भएकाले त्यहाँ वली हुने भएकाले त्यो प्रशंग जोडेर भनिएको हो ।’ 

तर उनले त्यो शब्द प्रयोग नगरेको भए हुने आफूलाई लागेको पनि बताए । ‘तर मैले त्यो वर्ड नबोलेको भए राम्रो हुन्थ्यो । मेरो इन्टेन्सन म कुनैपनि कडा सजाय लिन तयार छु भनेको हो । यदि गलत हो भने टोलरेट गर्दिन भनेको हो’, लामिछानेको भनाइ छ । लामिछानेले डा। ढाकाकुमारको अडियो सार्वजनिक भएपछि दोषीलाई कारबाही नगरे आफू नै बलि चढ्न पछि नपर्ने अभिव्यक्ति दिएका थिए ।

उनले त्यो शब्द प्रयोग भएकोमा दुःख लागेको भन्दै इन्टेन्सन चाही त्यही राखेर शब्द फिर्ता लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप